निर्माण व्यवसायीसँग उपप्रधानमन्त्री सिंहको आश्वासन- तपाईँहरूको माग पूरा गर्छु (भिडिओ) – Nepal Press

निर्माण व्यवसायीसँग उपप्रधानमन्त्री सिंहको आश्वासन- तपाईँहरूको माग पूरा गर्छु (भिडिओ)

काठमाडौं । उपप्रधान एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले निर्माण व्यवसायीले राखेका जायज मागप्रति आफू सकारात्मक रहेको बताएका छन् ।

नेपाल निर्माण व्यवसायी महासंघकातर्फबाट मन्त्री सिंहलाई बधाई दिन पुगेको टोलीसँगको भेटमा निर्माण व्यवसायीले भोगिरहेका समस्या समाधान गर्न सरकार गम्भीर रहेको बताए ।

निर्माण व्यवसायीलाई पनि आयोजनाहरू समयमै सम्पन्न गर्ने गरी काम गर्न आग्रह गरे ।

उनले भने, ‘निर्माण व्यवसायीहरूले राखेका जायज माग सम्बोधन गर्न सरकार सकारात्मक छ। अब लामो कुरा भन्दा काम गरेर देखाउनेतर्फ लाग्नुपर्नेमा हामीले जोड दिनुपर्छ ।’

उपप्रधानमन्त्री सिंहलाई बधाई दिँदै निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले अहिले निर्माण व्यवसायीले भोगिरहेका भुक्तानीदेखि सार्वजनिक खरिद ऐनमा गर्नुपर्ने संशोधनको विषयमा ध्यानाकर्षण गराएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *