आरजुको बचाउमा सांसद विकले भनिन्- उहाँमाथि पनि मिडिया ट्रायल गरी चरित्र हत्या गरियो (भिडिओ) – Nepal Press

आरजुको बचाउमा सांसद विकले भनिन्- उहाँमाथि पनि मिडिया ट्रायल गरी चरित्र हत्या गरियो (भिडिओ)

काठमाडौं । नेपाली कांग्रेसकी सांसद शान्ति विकले परराष्ट्रमन्त्री आरजु राणामाथि मिडिया ट्रायल गरी चरित्र हत्या गरिएको भन्दै आक्रोश पोखेकी छन्।

प्रतिनिधिसभाको बैठकमा बोल्दै नक्कली भुटानी शरणार्थी प्रकरणमा जोडेकोतर्फ संकेत गर्दै मन्त्री राणा आरोपित प्रमाणित भएझैँ गरेर संसदमा कुरा उठाएको बताइन्।

उनले भनिन्, ‘कुनै पनि महिलाको बिना प्रमाण चरित्र हत्या गर्नु गलत हो। यसले महिलाको आत्मसम्मान र मर्यादालाई चोट पुर्‍याउँछु । यो एक प्रकारको मानसिक हिंसा हो । र, समाजमा लैंगिक समानताका लागि चुनौती हो। तर आफू दायाँबायाँ हुँदा मिडिया ट्रायल हुन्छ ?’

उनले पराराष्ट्रमन्त्री राणा पनि दुर्गम क्षेत्रमा महिला र बालबालिकाका लागि काम गरेको व्यक्ति भएको जिकिर गरिन्।

‘परराष्ट्रमन्त्री आरजु राणाको आरोप प्रमाणित भएझैँ संसदमा बारम्बार उहाँको बारेमा कुरा उठेको होइन ? उहाँ पनि दुर्गम क्षेत्रमा महिला र बालबालिकाका लागि काम गरेको व्यक्तित्व हो। तर मिडिया ट्रायल गरी महिलाको चरित्र हत्या गरिएको थियो’, उनले रास्वपा सभापति रवि लामिछानेलाई लक्षित गर्दै भनिन्, ‘हिम्मत भए सहकारी पीडितहरू सडकमा रोइरहेको देख्दा जीवी राईलाई किन झिकाइएन ? आँट थिएन कि डर लाग्यो ?’

उपसभामुख इन्दिरा राना मगरको बचाउनमा रास्वपाले मिडिया ट्रायल भएको भन्दै असन्तुष्टि जनाएपछि कांग्रेस सांसद विकले प्रतिवाद गर्दै आरजुको बचाउमा उत्रिएकी हुन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर