रूसी खेलाडीसँग प्रधानमन्त्रीले भने- मेरो मिर्गौला प्रत्यारोपण रूसका ज्वाइँ नेपाली डाक्टरले गरेका हुन् – Nepal Press

रूसी खेलाडीसँग प्रधानमन्त्रीले भने- मेरो मिर्गौला प्रत्यारोपण रूसका ज्वाइँ नेपाली डाक्टरले गरेका हुन्

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पारस्परिक लाभ र सम्मानका आधारमा नेपाल र रुसबीचको पुरानो सम्बन्धलाई पुनः ताजगीकरण गर्नुपर्ने बताएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज रुसको महिला भलिबल टोलीसँगको भेटका क्रममा ओलीले दुई देशबीच सोभियत सङ्घ हुँदादेखि नै रुसबाट नेपालले शिक्षा, यातायात आदि क्षेत्रमा सहयोग पाउँदै आएको बताए ।

खेलका लागि रुस एक प्रकारको बादशाह नै भएको उनले बताए ।

दुई देशको भलिबल टोलीबीच मैत्रीपूर्ण खेल हुनुलाई सकारात्मक रुपमा लिँदै प्रधानमन्त्री ओलीले यस्ता खेलका साथै रुसको प्रसिद्ध सर्कस र नेपालको मौलिक नृत्य, आर्केष्ट्रा आदि संस्कृतिको आदानप्रदानमा अर्थपूर्ण निरन्तरता हुनुपर्नेमा जोड दिए ।

भेटमा रुसी खेलाडीले खेलमा नेपाल पनि कमजोर नभएको इतिहास भएको कुरा गर्दा आफूलाई खुसी लागेको प्रधानमन्त्री ओलीले बताए ।

त्यसबारे जानकारी दिँदै भनेका छन्, ‘मैले पनि दोस्रो पटक आफ्नो मिर्गौला प्रत्यारोपण रुसमा पढेर आएका रुसका ज्वाइँ नेपाली डाक्टरले गरेको कुरा सुनाएँ ।’


प्रतिक्रिया

One thought on “रूसी खेलाडीसँग प्रधानमन्त्रीले भने- मेरो मिर्गौला प्रत्यारोपण रूसका ज्वाइँ नेपाली डाक्टरले गरेका हुन्

  1. सँसारले छादेको छाद नेपालले खाएछ । विश्वस्तरका सबै खेल इभेण्टहमा वहिस्कृत रूसलाइ नेपालले खेलाएर जात देखाएछ । गहतको झोलमा जात फालेछन् गफाडि बुढाले ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर