मदन पुरस्कारमा ३०४ पुस्तकको आवेदन, पत्रकार मैनालीको ‘मुकाम रणमैदान’सहित यी ५ कृति छनौट – Nepal Press

मदन पुरस्कारमा ३०४ पुस्तकको आवेदन, पत्रकार मैनालीको ‘मुकाम रणमैदान’सहित यी ५ कृति छनौट

काठमाडौं । मदन पुरस्कार २०८० को लागि पाँच शीर्ष कृति तथा तीनका छ जना लेखकको छनौट गरिएको छ ।

मदन पुरस्कार गुठीका अध्यक्ष कुन्द दीक्षितले जारी गरेको सार्वजनिक सूचीअनुसार पाँच शीर्ष कृति तथा छ लेखकहरुमा क्रमशः मुकाम रणमैदानका लेखक तथा पत्रकार मोहन मैनाली, डम्फूको आत्मालापका लेखक भक्त स्याङतान, भावलिपिका लेखकहरु भावेश भूमरी र प्रणिता चाम्लिङ, सन्त्रासका साठी दिनका लेखक रोशन थापा ‘नीरव’ र नुन-तेलका लेखक जीवन क्षेत्री परेका छन् ।

यो वर्षको मदन पुरस्कारको लागि ३०४ वटा कृतिहरुको आवेदन परेको गुठी अध्यक्ष दीक्षितले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ ।

सूचीका लागि क्लिक गर्नुस् ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *