ट्रम्पमाथि गोली प्रहारको घटनापछि अमेरिकी ‘सेक्रेट सर्विस’ प्रमुखले राजीनामा दिँदै – Nepal Press

ट्रम्पमाथि गोली प्रहारको घटनापछि अमेरिकी ‘सेक्रेट सर्विस’ प्रमुखले राजीनामा दिँदै

काठमाडौं । अमेरिकी पूर्वराष्ट्रपति तथा हालको रिपब्लिकन पार्टीका राष्ट्रपति उम्मेदवार डोनाल्ड ट्रम्पलाई गोली प्रहार भएपछि अमेरिकी गुप्तचरी सेवा दिने सरकारी निकाय ‘सेक्रेट सर्विस प्रमुखले राजीनामा दिने भएकी छन् ।

प्रमुख किबर्ली चिटलले अमेरिकी सदनमा डेमोक्रेटिक तथा रिपब्लिकन दलका सांसदहरुले संसदीय सुनुवाइमा राजीनामा किन नदिने भनेर प्रश्न गर्दा आफू सेक्रेट सर्विसलाई चाहिएको बताउँदै आएकी थिइन् । उनले गोली प्रहार सेक्रेट सर्विसको पछिल्ला दशकको सबैभन्दा कमजोरी भएको पनि स्वीकारेकी थिइन ।

यसैबीच आज उनले राजीनामा दिने खबर सार्वजनिक भएको हो । बेलायती मिडिया बीबीसीका अनुसार उनले राजीनामा दिने बताएकी छन् । यस्तै, सीएनएनका अनुसार सेक्रेट सर्विस प्रमुखले राजीनामा दिइसकेकी छन् । सीएनएनले आफ्नो स्रोतको आधार दिएर यस्तो समाचार सार्वजनिक गरेको छ ।

सेक्रेट सर्विससँग रुष्ट भएका अमेरिकी सांसदहरुले अमेरिकाको संघीय अनुसन्धान विभाग (एफबीआई) प्रमुखलाई पनि संसदीय सुनुवाइमा बोलाएका छन् ।

याे पनि पढ्नुस्: यी हुन डोनाल्ड ट्रम्प भन्दा अगाडि हत्या प्रयास र हत्या गरिएका अमेरिकी राष्ट्रपति उमेदवारहरु

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर