लुम्बिनीमा एमालेका चार नयाँ मन्त्रीको टुंगो, मुख्यमन्त्रीसहित बुधबार बिहान शपथ – Nepal Press

लुम्बिनीमा एमालेका चार नयाँ मन्त्रीको टुंगो, मुख्यमन्त्रीसहित बुधबार बिहान शपथ

रुपन्देही । नेकपा एमालेले लुम्बिनी प्रदेशमा मन्त्री बन्नेहरुको नाम टुंगो लगाएको छ । नेकपा एमालेका एक सांसदका अनुसार एमाले संसदीय दलका उपनेता चेतनारायण आचार्यको नेतृत्वमा बनेको नया सरकारमा सहभागी हुने मन्त्रीहरुले मुख्यमन्त्रीसंगै शपथ ग्रहण गर्ने ब्यवस्था मिलाउने गरी मन्त्रीहरु टुंगो लगाएको हो ।

सत्ता साझेदार दल नेपाली कांग्रेससंग भागवण्डा गर्दा नेकपा एमालेका भागमा मुख्यमन्त्री र ४ वटा मन्त्रालय परेको छ ।

मन्त्री हुनेहरुमा यसअघि नेकपा माओवादी केन्द्र संगको गठबन्धनमा मन्त्री भएका २ जना मन्त्री बन्नेछन् भने उक्त मन्त्री परिषदका २ जना बाहिरिने छन् ।

यसपटक मन्त्री दोहोरिनेमा रुपन्देहीका भुमिश्वर ढकाल र गुल्मीका दिनेश पन्थीको निश्चित भएको छ। ढकाल यसअघि जोखबहादुर महराको नेतृत्वको सरकारमा शहरी विकासमन्त्री थिए भने गुल्मीका पन्थी आन्तरिक मामिला मन्त्री थिए ।

त्यसैगरी पाल्पाका खेमबहादुर सारु र दाङकी सीता शर्मा मन्त्री हुने निश्चित भएको छ। संसदीय दलका नेता लिला गिरी दलको नेताबाट राजिनामा दिने जनाउ पार्टी अध्यक्षलाई दिएको उनी निकटस्थ श्रोतले बताएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर