लुम्बिनीमा कांग्रेसले टुंगो लगायो ५ मन्त्रीको नाम – Nepal Press

लुम्बिनीमा कांग्रेसले टुंगो लगायो ५ मन्त्रीको नाम

रुपन्देही । लुम्बिनी प्रदेशमा नेपाली कांग्रेसले ५ मन्त्रीको नाम टुंगो लगाएको छ । मंगलबार राति कांग्रेसले बर्दियाका जन्मजय तिमिलसिना, गुल्मीका धनेन्द्र कार्की, प्यूठानका रोज राणा, दाङका प्रचण्डविक्रम न्यौपाने, बाँकेका बादशाह कुर्मीलाई मन्त्री बनाउने निर्णय गरेको कांग्रेस लुम्बिनीका एक पदाधिकारीले जनाएका छन् ।

यसअघि एमालेले पाउने ४ मन्त्रीको पनि टुंगो लागेको छ । दुवै दलले आज मन्त्री छान्न ढिलाई गरेकाले बुधबार बिहान बिनाविभागीय रुपमा शपथ लिने र बिहीबार मन्त्रालयको जिम्मेवारी दिने जनाइएको छ । कांग्रेसबाट अहिले मन्त्री बनाइएका मध्ये रोज राण मात्रै यसअघि मन्त्री बनेका हुन् अरु सबै नयाँ हुन् ।

लुम्बिनीमा एमाले कांग्रेसका ५६ सांसदको हस्ताक्षरमा आइतबार एमालेका चेतनारायण आचार्य मुख्यमन्त्री बनेका छन् । उनीसहित १० जनाको शपथ बुधबार बिहान हुन लागेको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर