कमलासँग टिकेनन् कर्मचारी, तीन वर्षमा ९२ प्रतिशत बाहिरिए – Nepal Press

कमलासँग टिकेनन् कर्मचारी, तीन वर्षमा ९२ प्रतिशत बाहिरिए

काठमाडौँ । अमेरिकी उपराष्ट्रपति तथा अबकी डेमोक्रेटिक दलकी राष्ट्रपतिकी उम्मेदवारको रुपमा हेरिएकी कमला ह्यारिससँग कर्मचारीहरु नटिकेको खुलेको छ ।

अमेरिकाको गैरसरकारी संस्था ओपन दि बुक्स्ले गरेको सर्वेक्षणले यस्तो जानकारी सार्वजनिक गरेको हो । रुसी विश्व च्यानल आरटीका अनुसार पछिल्ला तीन वर्षमा कमलाका ९१.५ प्रतिशत कर्मचारीले साथ छोडेका छन् ।

सोमबार सार्वजनिक भएको उक्त रिपोर्ट अनुसार गत मार्च मसान्तसम्ममा सुरुका ४७ कर्मचारीमा ४ मात्रै टेकेको रिपोर्टले देखाएको थियो । राष्ट्रपति जो बाइडेनले राष्ट्रपतिमा समर्थन गरेको खबर सार्वजनिक भएपछि यस्तो रिपोर्ट आएको हो ।


प्रतिक्रिया

One thought on “कमलासँग टिकेनन् कर्मचारी, तीन वर्षमा ९२ प्रतिशत बाहिरिए

  1. “रुसी विश्व च्यानल आरटीका अनुसार” – सबैलाई थाहा छ रसिया आफ्नो कठ-पुतली TRUMP लाई जिताउन चाहन्छ, त्येही भएर KAMALA HARRIS को बिरुद्ध दुस्प्रचार मा लागेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *