दुर्घटनामा घाइते पाइलट शाक्यकाे अवस्था कस्ताे छ? – Nepal Press

दुर्घटनामा घाइते पाइलट शाक्यकाे अवस्था कस्ताे छ?

काठमाडौं । सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा परी घाइते भएको पाइलट मनिषरत्न शाक्यकाे उपचार भइरहेकाे छ ।   उनकाे टाउकाेमा चाेट लागेकाे अस्पतालले जनाएकाे छ ।

दुर्घटना घाइते पाइलट शाक्यको उद्धार गरी सिनामंगलस्थित केएमसी अस्पताल लगिएको थियो ।उनको  उपचार भइरहेकाे अस्पतालले जनाएको छ। क्याप्टेन शाक्यले परिवारका सदस्यहरुसँग भेटेर बोलिरहेका छन् ।

मनिषको अवस्था सुधार भइरहेको परिवारले बताएका छन् । उनको निधारमा काटेको छ । अहिले मनिषको होस पनि आइसकेको  मनिषको काका अमूल शाक्यले नेपालप्रेसलाई बताए । केही बेरमा रिफर गर्ने तयारीमा भइरहेको छ ।

अस्पतालका अनुसार उनको टाउकोमा गहिरो चोट लागेको थियो । सौर्य एयरलाइन्सको कर्मचारीहरु बोकेर काठमाडौंबाट पोखरा उड्ने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ‘रन वे’ पूर्वतर्फको खाल्डोमा खसेको थियो ।

अनुभवी पाइलट मनिष

क्याप्टेन शाक्य सौर्य एयरलाइन्सका चिफ अफ अपरेसन समेत हुन् । उनले सन् २००९ बाट उडान करिअर थालेका थिए । उनले सुरुमा गुण एयरलाइन्समा काम गरे ।

२०२२ देखि उनले सिम्रिक एयरलाइन्समा ट्रेनिङ म्यानेजरका रुपमा र सौर्य एयरलाइन्समा चिफ अफ अपरेसनका रुपमा कार्यरत छन् ।

क्याप्टेन शाक्यले गत वर्ष मात्रै युवा अपरेसन डाइरेक्टरको अवार्ड प्राप्त गरेका थिए । ग्यालेक्सी एक्सिलेन्स अवार्डमा उनले सो विधामा अवार्ड पाएका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *