पार्टीको प्रगति र आगामी योजनाबारे सभापति लामिछानेले गरे केन्द्रीय विभाग प्रमुखहरूसँग छलफल – Nepal Press

पार्टीको प्रगति र आगामी योजनाबारे सभापति लामिछानेले गरे केन्द्रीय विभाग प्रमुखहरूसँग छलफल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले दलको सबै केन्द्रीय विभाग प्रमुखहरूसँग छलफल गरेका छन् ।

केन्द्रीय कार्यालय वनस्थलीमा बोलाएर उनले पार्टीको हालसम्मको प्रगतिको बारेमा जानकारी लिएका हुन् ।

रास्वपामा हाल ३८ वटा केन्द्रीय विभाग छन् । सभापति लामिछानेले हालसम्मको प्रगति विवरण छलफल र आगामी योजनासम्बन्धी जानकारी लिएको जनाइएको छ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार ढलेपछि सत्ताबाट बाहिरिएको रास्वपा अहिले पार्टी निर्माणमा केन्द्रित हुँदैछ ।

प्रचण्ड नेतृत्वको सरकारमा उपप्रधान तथा गृह मन्त्रालय लिएर सभापति लामिछानेसहित ४ मन्त्री सरकारमा थिए । पछिल्लो समय एकपछि अर्को विवाद झेल्दै आएको रास्वपाको केन्द्रीय विभागहरुले पार्टीको आगामी रणनीतिबारे पार्टी सभापतिसँग बैठकमा छलफल गरिरहेको जनाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर