प्रधानमन्त्री ओली पुगे दुर्घटनास्थल, पाइलटको अवस्था बुझ्न अस्पताल जाँदै – Nepal Press

प्रधानमन्त्री ओली पुगे दुर्घटनास्थल, पाइलटको अवस्था बुझ्न अस्पताल जाँदै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली विमान दुर्घटनास्थल पुगेका छन्। दुर्घटनास्थल पुगेर प्रधानमन्त्रीले त्यहाँको घटनाबारे जानकारी लिएका हुन्।

दुर्घटनास्थलबाट प्रधानमन्त्री ओली सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा परी घाइते भएको पाइलट मनिषरत्न शाक्यको अवस्था बुझ्न अस्पताल जाँदैछन्।

उनले सिनामंगलस्थित केएमसी अस्पतालमा उपचार भइरहेको छ। प्रधानमन्त्री ओलीले दुर्घटनापछि नागरिक उड्ययन प्राधिकरणका सम्बन्धित अधिकारीलाई पनि बोलाइएको छन्।

प्रधानमन्त्रीसँगै गृहमन्त्री रमेश लेखक पनि दुर्घटनास्थल पुगेका छन्। यसै गरी तीनै सुरक्षा निकायका प्रमुखक पनि दुर्घटनास्थल पुगेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *