पत्रकारलाई बाहिर निकालेर निर्वाचन आयोगका प्रस्तावित आयुक्तको संसदीय सुनुवाइ – Nepal Press

पत्रकारलाई बाहिर निकालेर निर्वाचन आयोगका प्रस्तावित आयुक्तको संसदीय सुनुवाइ

यौन शोषणको आरोपबारे स्पष्टीकरण सोधिने

काठमाडौं । निर्वाचन आयोगका प्रस्तावित आयुक्त कृष्णमान प्रधानको संसदीय सुनुवाइमा पत्रकारलाई बाहिर निकालिएको छ । संसदीय सुनुवाइमा पत्रकारलाई लखेटिएको यो पहिलो पटक हो ।

संघीय संसदको विशेष सुनुवाइ समितिले आज प्रधानलाई बोलाएको थियो । यसअघि कुनै पनि संसदीय सुनुवाइमा पत्रकारलाई राखिन्थ्यो । आज पनि सुरुमा पत्रकारलाई राखियो । प्रधानले आफ्ना कार्ययोजनाहरु सुनाए, तर सवालजवाफ सुरु हुनुअघि पत्रकारलाई बाहिर जान भनियो ।

प्रधानले आफ्नो प्रस्तुति सकेलगत्तै सुनुवाइ समितिका सचिव तथा संघीय संसद सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेले केही सांसदसँग खासखुस गरेका थिए । त्यसपछि सवालजवाफमा पत्रकारलाई नराख्ने निर्णय भएको सुनाइयो ।

प्रस्तावित आयुक्त प्रधानविरुद्ध यौन शोषणको उजुरी परेको थियो । उजुरीकर्तासँग समितिले छलफल गरिसकेको छ । प्रधानले आफ्नै सहकर्मीमाथि यौन शोषण तथा दुर्व्यवहार गरेको र पछि पैसा दिएर मिलाएको उजुरीकर्ताले दाबी गरेका छन् । आजको सवालजवाफमा प्रधानलाई समितिले यही विषयमा र्‍याखर्‍याख्ती पार्नसक्ने अनुमान छ । संवेदनशील विषय भएकाले गोप्य तरिकाले सुनुवाइ गर्न लागिएको समिति स्रोतले जनाएको छ ।

यसअघि असार २१ मा गर्ने भनिएको संसदीय सुनुवाइ महिलाको उजुरीका कारण स्थगित गरिएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *