बुटवलमा शपथ लिएपछि देउखुरी पुगेर मुख्यमन्त्री आचार्यले सम्हाले पदभार – Nepal Press

बुटवलमा शपथ लिएपछि देउखुरी पुगेर मुख्यमन्त्री आचार्यले सम्हाले पदभार

रुपन्देही । लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्री चेतनारायण आचार्यले बुधबार बिहान बुटवलस्थित प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख अमिक शेरचनसमक्ष शपथ लिएर दाङको देउखुरीस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा पदभार ग्रहण गरेका छन् ।

प्रदेश प्रमुखसँग शपथ लिएपछि उनी सिधै बुटवलमै रहेको पार्टीको प्रदेश कार्यालयमा रहेको पुष्पलालको शालिकमा माल्र्यापर्ण गरेर केही समय पार्टीका प्रदेश अध्यक्ष राधाकृष्ण कंडेल, उपाध्यक्ष भोजप्रसाद श्रेष्ठलगायतका नेताहरुसमक्ष खुसी साटेर पदभारका लागि देउखुरी पुगेका थिए ।

मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय राप्ती उपत्यका देउखुरीमा पदभार ग्रहण गर्दै मुख्यमन्त्री आचार्यले सुशासन प्रबर्द्धन र भ्रष्टाचार न्यूनीकरणका लागि पाँच वर्षे रणनीतिक कार्ययोजना लागू गर्ने निर्णयमा हस्ताक्षर गरेका छन् । राजनीतिक अस्थिरता अन्त्य गर्दै वर्तमान गठबन्धन सरकार सुशासन कायम गर्न, प्रदेशको औचित्य पुष्टि गर्नेगरी काम गर्न प्रतिवद्ध रहेको उनले बताए ।

अहिलेको गठबन्धन सरकारलाई असफल हुने छुट नभएको भन्दै मुख्यमन्त्री आचार्यले जनताले प्रदेश सरकारको अनुभूति गर्नेगरी काम गर्ने प्रतिवद्धता जनाएका छन् । केही दिनभित्र मन्त्रीहरुको कार्यविभाजन गर्ने र मन्त्रिपरिषदलाई पूर्णता दिने उनले जनाए ।

पदभार ग्रहणपछि प्रमुख सचिव, सचिव तथा कर्मचारीहरुसँग छलफल गर्दै मुख्यमन्त्री आचार्यले उच्च मनोबलका साथ जनताको पक्षमा काम गर्न निर्देशन दिएका थिए । बुधबार बुटवलमा शपथ लिएका ८ जना मन्त्रीहरु देउखुरी पुगेका छन् । बुधबार नै मन्त्रिपरिषदको पहिलो बैठक बस्ने भएकाले विनाविभागीय रहेपनि सबै मन्त्री त्यहाँ पुगेका हुन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर