जहाज दुर्घटना : मन्त्रिपरिषदकाे आकस्मिक बैठक बाेलाइयाे
नेपाल प्रेस
२०८१ साउन ९ गते १५:३८
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक मन्त्रिपरिषदको बैठक बोलाएका छन् । सौर्य एयरलाइन्सको जहाज दुर्घटनापछि आकस्मिक बैठक बोलाइएको हो ।
मन्त्रिपरिषदको बैठकमा दुर्घटना र छानबिनबारे निर्णय हुने पर्यटनमन्त्री बद्री पाण्डेले बताए ।
त्यसअघि दुर्घटनास्थल पुगेर प्रधानमन्त्री, गृहमन्त्री रमेश लेखक र मन्त्री पाण्डेले निरिक्षण गरेका थिए ।
प्रतिक्रिया