के उडाउन अयोग्य थियो सौर्यको जहाज ? यसकारण लगिँदै थियो पोखरा – Nepal Press

के उडाउन अयोग्य थियो सौर्यको जहाज ? यसकारण लगिँदै थियो पोखरा

काठमाडौं । आज बिहान सौर्य एयरलाइन्सको जहाज काठमाडौंबाट मर्मतका लागि पोखरा जाने क्रममा त्रिभुवन विमानस्थलमा दुर्घटनाग्रस्त भयो । उक्त दुर्घटनामा १८ जनाले ज्यान गुमाएका छन्, जसमध्ये अधिकांश एयरलाइन्सकै कर्मचारी हुन् ।

जहाजको इन्जिन मर्मतको लागि पोखरा लैजान लागिएको एयरलाइन्सले जनाएको छ । काठमाडौंमा मर्मत नगरेर पोखरा लैजानुको कारणबारे हामीले त्रिभुन विमानस्थलका प्रवक्ता सुवाष झासँग सोध्यौं । उनले सौर्यको विमानस्थलमा आफ्नै ह्याङ्गर नभएकाले पोखरा लैजानु परेको बताए ।

उनले भने, ‘काठमाडौंको त्रिभुन विमानस्थलमा ठाउँ सानो छ । सौर्य एरयलाइन्सको आफ्नै ह्यांगर पनि छैन । पोखरामा ठूलो ठाउँ र खाली पनि छ । त्यसैले पोखरा लैजान खोजिएको थियो ।’

झाका अनुसार विमानस्थललाई जहाजले तिर्ने शुल्क काठमाडौं र पोखरामा खासै फरक छैन ।

मर्मत गर्नका लागि पोखरा जान लागेको भए पनि जहाज उड्नको लागि योग्य रहेको उनले बताए ।

‘अन्य जहाजहरु पनि मर्मतका लागि आफ्नो अनकुल विमानस्थलहरुमा जाने गरेका छन् । केही जहाजहरुको भने त्रिभुवन विमानस्थालमा आफ्नै ह्यांगर भएकाले यहीँ मर्मत गर्ने गरेका छन्’, झाले भने ।

जहाजमा अधिकांश एयरलाइन्सका कर्मचारी थिए । एयरलाइन्सको उच्च तहका ४ जनाले ज्यान गुमाएका छन् । अन्य प्राविधिक तथा इन्जियनियरहरु परेका छन् । कति एयरलाइन्सका कर्मचारी थिए र कति सर्वसाधारण थिए भन्ने चाहिँ खुलेको छैन ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर