विवादित व्यक्तिलाई सार्वजनिक निकायमा नियुक्ति नगर्न आयोगको निर्देशन – Nepal Press

विवादित व्यक्तिलाई सार्वजनिक निकायमा नियुक्ति नगर्न आयोगको निर्देशन

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले सार्वजनिक निकायका उच्च पदहरुमा फौजदारीलगायत विभिन्न अभियोगमा राज्यको कारबाही तथा छानबिन प्रक्रियामा रहेका एवम् सामाजिक र नैतिक रूपमा विवादित देखिएकालाई नियुक्त नगर्न निर्देशन दिएको छ ।

सरकार, संवैधानिक परिषद् तथा राज्यका विभिन्न जिम्मेवार तहबाट कार्यपालिका, संवैधानिक निकाय तथा सार्वजनिक निकायमा त्यस्ता व्यक्ति सिफारिस तथा नियुक्ति गर्ने प्रक्रियामा रहेको जानकारी आएको भन्दै ध्यानाकर्षण भएको आयोगले जनाएको हो ।

आयोगको भनाइ प्रस्तावित निर्वाचन आयुक्तमा सिफारिस कृष्णमान प्रधान लक्षित रहेको बताइएको छ । प्रधानविरुद्ध यौन शोषणको उजुरी परेको थियो । आज संसदीय समितिमा यही विषयमा सुनुवाइ चलिरहेको छ ।

सामाजिक र कानूनी रूपमा विवादित व्यक्तिलाई नियुक्त गर्ने कार्य कानूनी शासनको विपरीत हुने र यसबाट दण्डहीनतालाई प्रश्रय पुग्नुका साथै राज्यका निकायप्रति आमनागरिकको भरोसासमेत टुट्ने आयोगको भनाइ छ ।

विवादमा आएका व्यक्तिलाई सार्वजनिक निकायमा नियुक्ति नगर्न/नगराउन सरकारलगायत सम्बन्धित निकायलाई आयोगले निर्देशन दिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर