प्रस्तावित निर्वाचन आयुक्तबारे सुनुवाइ समिति अनिर्णित, यौन शोषणको आरोपमा प्रधानको यस्तो प्रतिरक्षा – Nepal Press

प्रस्तावित निर्वाचन आयुक्तबारे सुनुवाइ समिति अनिर्णित, यौन शोषणको आरोपमा प्रधानको यस्तो प्रतिरक्षा

प्रधानको जवाफबाट सांसदहरु असन्तुष्ट

काठमाडौं । प्रस्तावित निर्वाचन आयुक्त कृष्णमान प्रधानबारे संसदीय सुनुवाइ समिति अनिर्णीत बनेको छ । आज भएको सुनवाइपश्चात् समितिले कुनै निर्णय लिन नसकेको हो ।

श्रेष्ठमाथि यौन दुर्व्यवहारको उजुरी परेको छ । आजको सुनवाइ मुख्यतया यही आरोपको सेरोफेरोमा घुमेको थियो । संसदहरुले यही विषयमा प्रधानलाई र्याखर्याख्ति पारे ।

प्रधानले आफ्नो प्रतिरक्षा गरे पनि सांसदहरु सन्तुष्ट देखिएनन् । विषय संवेदनशील भएकोले अर्को बैठकबाट निर्णय गर्ने भन्दै उठेका छन् ।

प्रधानले आफूमाथि लागेको आरोपबारे जिल्ला अदालतमै सम्बन्धित व्यक्तिसँग मिलापत्र भइसकेको प्रष्टीकरण दिएका थिए । अब आइन्दा यो विषय दुवैले कतै पनि नउठाउने सहमतिमा दुवैले हस्ताक्षर गरेको उनले बताए ।

‘अदालतमै निरूपण भइसकेको विषयलाई अहिले आएर गलत नियतले उछाल्न खोजिएको छ,’ उनले भने ।

एक सहकर्मी महिलाले सुनवाइ समितिमा प्रधानविरुद्ध उजुरी गरेकी हुन् । प्रधानले आफूलाई यौन शोषण गरेको र पछि ठूलो रकम दिएर मिलापत्र गरेको उनको दाबी छ ।

आजको मुख्य सवाल जवाफमा पत्रकारहरूलाई बाहिर निकालिएको थियो । सञ्चारमाध्यममा समाचारहरू आएपछि अन्तिममा फेरि पत्रकारलाई प्रवेश दिइयो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *