नेपाल बुद्धको जन्मथलो मात्रै होइन, बुद्ध दर्शनको संवाहक होः प्रधानमन्त्री ओली (भिडिओ) – Nepal Press

नेपाल बुद्धको जन्मथलो मात्रै होइन, बुद्ध दर्शनको संवाहक होः प्रधानमन्त्री ओली (भिडिओ)

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल बुद्ध दर्शनको संवाहक भएको बताएका छन् ।

बुधवार काठमाडौंमा अजय क्रान्ति शाक्यको बुद्धको मौलिक दर्शन पुस्तक विमोचन कार्यक्रममा बोल्दै उनले नेपाल बुद्धको जन्मथलो मात्रै नभई बुद्ध दर्शनको वाहक रहेको बताए ।

उनले बुद्धले बिना ज्ञान घर, दरबार, परिवार नछोडेको बताए । उनले बिना ज्ञान सबै कुराको त्याग गर्न नसकिने बताए ।

उनले बुद्धले नेपालसहित भारतका विभिन्न स्थानमा गएर तपस्या र ध्यान गर्नुभएको बताए । उनले दान गर्नु धेरै महत्त्वपूर्ण रहेको बताए ।

अध्यक्ष ओलीले नेपाल बुद्धको जन्मथलो भएको र नेपालबाटै बुद्ध धर्मको बिस्तार भएको बताए

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *