लायन्स अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ ईको जिल्ला पदाधिकारी पदस्थापन सम्पन्न
काठमाडौं । लायन्स अन्तर्राष्ट्रीय डिस्ट्रिक्ट ३२५ ई को जिल्ला पदाधिकारी पदस्थापन तथा पहिलो जिल्ला परिषद बैठक बौद्धस्थित हयात्त रिजेन्सीमा सम्पन्न भभएको छ । लायन्स अन्तर्राष्ट्रियका अध्यक्ष लायन फेब्रिस्यो ओलिभेराको प्रमूख आतिथि बैठक भव्य तथा सभ्यरुपमा सम्पन्न भएको आयाेजकले जनाएकाे छ ।
कार्यक्रममा अन्तर्राष्ट्रिय निर्देशक लायन बालकृष्ण बुर्लाकोटीले पदाधिकारीहरुलाई पदस्थापना गराए । आफ्नो महत्वपूर्ण सम्बोन्धनमा अध्यक्ष ओलिभेराले नेपालको लायनहरुको सम्मानमा आफ्नो पहिलो विदेश भ्रमण नेपालबाट आरम्भ गरेको बताएका थिए ।
सेवा, नेतृत्व, सदस्यता वृद्धि गरेर नेपाली लायनहरुले गरेको काम विश्वको लागि उदाहरण रहेको पनि उनले बताए । नेपाली लायनहरुले विमानस्थलदेखि नै भव्य स्वागत गरेकोमा धन्यवाद व्यक्त गरेका थिए ।
डिस्ट्रिक्ट ३२५ ईले होटल हयात्तमा भव्य कार्यक्रम आयोजना गरेकोमा डिस्ट्रिक्ट गभर्नर लायन रामशरण बस्नेतलाई धन्यवाद तथा सफल कार्यकालको शुभकामना दिए । अन्तर्राष्ट्रिय अध्यक्ष कार्यक्रममा सहभागी हुँदा नौमती बाजाको साथै पुष्प वर्षा गरेर स्वागत गरिएको थियो ।
लायन्स अन्तर्राष्ट्रिय अध्यक्ष, लायन्स अन्तर्राष्ट्रिय प्रथम महिलाको महत्वपूर्ण उपस्थिति रहेको उक्त कार्यक्रममा मल्टिपल डिस्ट्रिक्ट ३२५ को अधिकांश गभर्नर, प्रथम र द्वितीय भाईस गभर्नर, पूर्व गभर्नरहरुको सहभागिता रहेको थियो ।
अन्तर्राष्ट्रिय निर्देशक लायन बुर्लाकोटीले डिस्ट्रिक्ट ३२५ ईले लायन वर्षको शुरुवातमा ऐतिहासिक रुपमा सेवाका कामहरु सम्पन्न गरेकोमा डिस्ट्रिक्ट गभर्नर लायन रामशरण बस्नेत तथा सम्पूर्ण डिस्ट्रिक्ट परिवारलाई बधाई तथा शुभकामना दिए ।
पूर्व अन्तर्राष्ट्रीय निर्देशक तथा कार्यक्रमका मूख्य वक्ता लायन संजय खेतानले डिस्ट्रिक्ट ३२५ ईले विगत वर्षदेखि गर्दै आएको सेवाका अदभूत कामहरु तथा डिस्ट्रिक्ट गभर्नर लायन रामशरण बस्नेतको नेतृत्वमा भइरहेको समग्र कामहरुको बारेमा चर्चा गरे ।
अन्तर्राष्ट्रिय अध्यक्ष तथा प्रथम महिलाको पहिलो विदेश भ्रमणमा नेपाल आएकोमा धन्यवाद दिँदै अन्तर्राष्ट्रियले अपेक्षा गरेको क्षेत्रमा उत्कृष्ट काम गर्ने धारणा राखे । डिस्ट्रिक्ट गभर्नर लायन बस्नेतले आफ्नो वार्षिक योजनाहरुको बारेमा प्रकाश पार्दै आवश्यकतामा परेको व्यक्ति र समाजमा हामी सेवा गर्छौं भन्ने एकमात्र उद्देश्य लिएर सम्पूर्ण पदाधिकारी तथा लायन साथीहरुलाई काम गर्न आग्रह गरे ।
डिस्ट्रिक्ट ३२५ ईका पदाधिकारी तथा अतिथिसहित कÞरीब ५०० लायनहरुको उपस्थिति रहेको कार्यक्रममा डिस्ट्रिक्ट सेवा सप्ताहमा उत्कृष्ट काम गर्नेहरुलाई सम्मान पनि गरिएको थियो । डिस्ट्रिक्ट सेक्रेटरी लायन अमर कुँवरले सञ्चालन गरेको कार्यक्रममा सहभागीहरुलाई पहिलो सत्रमा द्वितीय भाइस गभर्नर लायन श्याम कुमार यादव र दोस्रो सत्रमा प्रथम भाइस गभर्नर लायन हिरा प्रसाद गुप्ताले स्वागत गरेका थिए ।
डिस्ट्रिक्टको पहिलो नियमित बैठकमा सेक्रेटरी लायन अमर कुँवर र ट्रेजरर लायन प्रमोद घिमिरेले प्रस्तुत गरेको प्रतिवेदन सर्वसम्मतिले पास गरिएको थियो ।