फास्ट ट्र्याकको सुरुङमार्गमा ढुङ्गाले लाग्दा एकको मृत्यु, एक गम्भीर – Nepal Press

फास्ट ट्र्याकको सुरुङमार्गमा ढुङ्गाले लाग्दा एकको मृत्यु, एक गम्भीर

हेटौंडा । निजगढ-काठमाडौं द्रुतमार्ग (फास्ट ट्र्याक)को सुरुङमार्गमा काम गर्ने क्रममा ढुङ्गाले लागेर एक जना मजदुरको मृत्यु भएको छ । अर्को एक जना गम्भीर घाइते भएका छ्न ।

फास्टट्र्याकअन्तर्गत मकवानपुरको बकैया गाउँपालिका- १२ स्थित चालीसे डाँडामा निर्माणाधीन सुरुङमार्गमा भएको दुर्घटनामा निजगढका २८ वर्षीय विमल थिङको मृत्यु भएको हो । काम गर्ने क्रममा एक्कासि ढुङ्गा खसेर लागेपछि थिङको घटनास्थलमै मृत्यु भएको र २८ वर्षका राजु विक गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ ।

घाइते विकको ढाडमा चोट लागेको र अवस्था गम्भीर रहेको प्रहरीको भनाइ छ । उनको अहिले हेटौंडाको सीएमसी चुरेहिल अस्पतालमा उपचार भैरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *