लुम्बिनी प्रदेशको कामु प्रमुख सचिवको जिम्मेवारी सहसचिव पन्थलाई – Nepal Press

लुम्बिनी प्रदेशको कामु प्रमुख सचिवको जिम्मेवारी सहसचिव पन्थलाई

काठमाडौं । सरकारले लुम्बिनी प्रदेश सरकारको कायममुकायम प्रमुख सचिवको जिम्मेवारी सहसचिव महादेव पन्थलाई दिएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले २ महिनादेखि निमित्त प्रमुख सचिवको जिम्मेवारीमा रहेका पन्थलाई प्रमुख सचिवको जिम्मेवारी दिएको हो ।

यसअघि गृह मन्त्रालयअन्तर्गतको कसूरजन्य सम्पत्ति व्यवस्थापन विभागमा महानिर्देशकको जिम्मेवारीमा रहेका पन्थलाई लुम्बिनी प्रदेश सरकारको निमित्त प्रमुख सचिव बनाएर पठाएको थियो ।

सचिव बढुवाको वरिष्ठतामा पन्थ अहिले दोस्रो नम्बरमा छन् । यसअघि सचिव बढुवा भएका मधेश प्रदेशका प्रमुख सचिव लोकनाथ पौडेल बढुवा हुने क्रममा पन्थको नाम तेस्रो नम्बरमा बढुवा समितिले सिफारिस गरेको थियो । वरिष्ठताको आधारमा अहिले पहिलो नम्बरमा गोविन्दबहादुर कार्की छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *