कोशी प्रदेश ‘प्रदेश निजामती सेवा नियमावली’ स्वीकृत – Nepal Press

कोशी प्रदेश ‘प्रदेश निजामती सेवा नियमावली’ स्वीकृत

विराटनगर । कोशी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषदको बैठकले प्रदेश निजामती सेवा नियमावली स्वीकृत गरेको छ । कोशी प्रदेशमन्त्रीपरिषदको बैठकले कोशी प्रदेश गुनासो व्यवस्थापन निर्देशिका पनि स्वीकृत गरेको छ ।

उक्त निर्देशिका स्वीकृत गरेसँगै प्रदेशका जनताले कुनै प्रश्न, जिज्ञासा र सूचना माग गर्न पाउने मौलिक हकलाई सुरक्षित गरेको सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानून मन्त्री लिलाबल्लभ अधिकारीले जानकारी दिए ।

मन्त्रिपरिषदको बैठकले प्रदेश किताब खाना कार्य संचालन निर्देशिका २०८० र राहत वितरणसम्बन्धी मापदण्डको दोस्रो संशोधन स्वीकृत गरेको छ ।

राहत वितरण मापदण्ड संशोधन गरेपछि अब प्राकृतिक विपत्ति तथा आगलागीजन्य प्रकोपमा परी मृत्यु भएका व्यक्तिलाई १ लाख रुपैयाँ दिने र एकै परिवारका धेरै सदस्यको मृत्यु भएमा थप प्रतिव्यक्ति ५० हजार दिइने भएको छ । यसअघि एकै घरका जतिजनाको मृत्यु भएपनि राहत स्वरुप १ लाख रुपैयाँ मात्रै दिन पाउने व्यवस्था थियो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर