विप्लव निकट अखिल समाजवादीद्वारा त्रिवि पदाधिकारी कार्यालय घेराउ र दबाब र्‍याली – Nepal Press

विप्लव निकट अखिल समाजवादीद्वारा त्रिवि पदाधिकारी कार्यालय घेराउ र दबाब र्‍याली

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा निकट विद्यार्थी संगठन अखिल (समाजवादी)ले त्रिभुवन विश्वविद्यालयका पदाधिकारी उपकुलपति, रेक्टर र रजिस्ट्रारको कार्यालय घेराउ गरेको छ ।

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयबाट विद्यार्थीका उत्तर–पुस्तिका गायब पार्ने परिक्षा नियन्त्रक, सह–नियन्त्रक लगायत गैर–जिम्मेवार कर्मचारीलाई कारबाहीको मागसहित उक्त संगठनले त्रिवि पदाधिकारी कार्यालय घेराउ र दवाव‌ र्याली गरेको हो ।

त्रिविका पुर्व रजिस्ट्रार डा.चन्द्रमणी पौडेलको‌ नेतृत्वमा गठित छानबिन समितिले दोषी ठहर गरेका परिक्षा नियन्त्रण पुष्पराज जोशी लगायतलाई‌ अहिलेसम्म कारवाही नगरिएको भन्दै त्रिवि पदाधिकारी कार्यालय घेराउ र दबाब र्‍याली गरिएको संठनका अध्यक्ष नरेन्द्र सीले जानकारी दिए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर