विमान दुर्घटनामा घाइते भएका पाइलट शाक्यको अवस्था बुझ्न प्रधानमन्त्री ओली केएमसीमा – Nepal Press

विमान दुर्घटनामा घाइते भएका पाइलट शाक्यको अवस्था बुझ्न प्रधानमन्त्री ओली केएमसीमा

काठमाडौं । आज बिहान भएको सौर्य एयरलाइन्सको विमान दुर्घटनामा घाइते भएका पाइलट मनिष शाक्यको अवस्था बुझ्न प्रधानमन्त्री ओली अस्पताल पुगेका छन् ।

उनी बुधबार साँझ सिनामंगलस्थित शाक्य उपचाररत केएमसी अस्पतालमा पुगेका प्रधानमन्त्री ओलीको सचिवालयले जानकारी दिएको छ ।

उनले शाक्यको स्वास्थ्य अवस्थाबारे चिकित्सकसँग जानकारी लिएका थिए । हाल उनी खतरामुक्त रहेको अस्पतालले जानकारी दिएको छ । दुर्घटनामा एकजना विदेशीसहित अन्य १७ जनाको मृत्यु भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर