लुम्बिनीमा एमाले–कांग्रेसको यस्तो छ गोप्य सहमति – Nepal Press

लुम्बिनीमा एमाले–कांग्रेसको यस्तो छ गोप्य सहमति

रुपन्देही । सत्तारुढ नेकपा एमाले र नेपाली कांग्रेसबीच लुम्बिनी प्रदेशमा सरकारको नेतृत्व आलोपालो गर्ने सहमति भएको छ ।

बुधबार उनीहरु बीच यो विषयमा लिखित सहमति नै भएको हो । सहमति अनुसार पहिलो चरणमा एमाले र दोस्रो चरण कांग्रेसले सरकारको नेतृत्व गर्ने जनाइएको छ ।

गठबन्धनलाई प्रभावकारी बनाउन दुवै दलबाट ३–३ जना सहभागी विशेष समिति पनि बनाइएको छ । प्रदेश सरकार सञ्चालन तथा अनुगमनका लागि ६ सदस्यीय कार्यसम्पादन समिति गठन गरिएको हो ।

यो समितिमा एमालेबाट भोजप्रसाद श्रेष्ठ, भूमिश्वर ढकाल, तुलसीप्रसाद चौधरी छन् भने कांग्रेसबाट जन्मजय तिमिल्सेना, धनेन्द्र कार्की र बैजनाथ कलवार रहेका छन् ।​

एमालेका श्रेष्ठ प्रदेश उपाध्यक्ष तथा पूर्वमन्त्री हुन् भने ढकाल अहिले पनि मन्त्री छन्, चौधरी प्रमुख सचेतक हुन् । कांग्रेसबाट तिमिल्सेना प्रमुख सचेतक हुन भने कार्की अहिलेका मन्त्री हुन् ।

समितिले मन्त्रिमण्डल गठन र जिम्मेवारी बाँडफाँट तथा विभिन्न कामको अगुगमन गर्नेछ । नीतिगत कार्यसम्पादनका लागि धारणा बनाउन समिति बनाएको एमालेका एक सांसदले जानकारी दिए । लुम्बिनीमा ९ सदस्यीय मन्त्रिमण्डल बने पनि मन्त्रीहरू सबै विनाविभागीय रहेका छन् ।

उनीहरूलाई योग्यता र दक्षताका आधारमा मन्त्रालयको जिम्मेवारी दिन समितिले सुझाव दिनेछ । साना दलसँगको सहकार्य, उनीहरुलाई दिइने जिम्मेवारी, विभिन्न क्षेत्रमा हुने नियुक्तिलगायतका विषयमा यो समितिले विशेष चासो राख्ने छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *