कामना सेवा विकास बैङ्कको नाफामा ६६ प्रतिशतको वृद्धि – Nepal Press

कामना सेवा विकास बैङ्कको नाफामा ६६ प्रतिशतको वृद्धि

काठमाडौं । कामना सेवा विकास बैङ्कको नाफामा ६६ प्रतिशते वृद्धि भएको छ । आर्थिक वर्ष २०८०/८१ मा बैङ्कको खुद नाफामा ६६.९२ प्रतिशतले वृद्धि भएको हो ।

कामना सेवा विकास बैङ्कले आर्थिक वर्ष २०८०/८१ भर कुल ६० करोड ३२ लाख १७ हजार ८४० रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो वर्षको नाफाभन्दा ६६.९२ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षमा बैङ्कको नाफा ३६ करोड १३ लाख ६४ हजार ५४४ रुपैयाँ रहेको थियो ।

बैङ्कले आम्दानी बढाए पनि बैङ्कको खराब कर्जामा भने सुधार देखिएको छैन । बैङ्कको खराब कर्जा ३.२१ प्रतिशत पुगेको छ । जबकि अघिल्लो वर्षमा बैङ्कको खराब कर्जा ३.०९ प्रतिशत रहेको थियो । जुन ०.१२ प्रतिशतले बढेको छ ।

त्यस्तै कामना सेवा विकास बैङ्कले आफ्नो ब्याज आम्दानीलाई पनि बढाएको छ । बैङ्क आर्थिक वर्ष २०८०/८१ मा आफ्नो ब्याज आम्दानी २ अर्ब १२ करोड ५२ लाख १७ हजार रुपैयाँ पुगाएको छ । जुन अघिल्लो वर्षमा २ अर्ब ६ करोड ७६ लाख ६३ हजार रुपैयाँ रहेको थियो ।

त्यसै गरी बैङ्कको कर्जा निक्षेप अनुपात अर्थात् सिडी रेसियो ८३.२८ प्रतिशत रहेको छ । भने, आधार दर ९.२० प्रतिशत रहेको छ । बैङ्कको प्रति सेयर आम्दानी १८.३८ रुपैयाँ रहेको छ । त्यस्तै, प्रति सेयर नेटवर्थ १६४.४८ रुपैयाँ रहेको बैङ्कले सार्वजनिक गरेको वित्तीय विवरणले देखाउँछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *