विमान दुर्घटनामा ज्यान गुमाएकाहरुको परिवार भेटेपछि स्वास्थ्यमन्त्रीले भने- दुर्घटनाबारे गहन अनुसन्धान हुन्छ (भिडिओ) – Nepal Press

विमान दुर्घटनामा ज्यान गुमाएकाहरुको परिवार भेटेपछि स्वास्थ्यमन्त्रीले भने- दुर्घटनाबारे गहन अनुसन्धान हुन्छ (भिडिओ)

काठमाडौँ ।  स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडलले सौर्य एयरलाइन्सको विमान दुर्घटनामा निधन भएकाप्रति दुःख व्यक्त गरेका छन् ।

आज महाराजगञ्जस्थित त्रिवि चिकित्सा शिक्षा शास्त्र अध्ययन संस्थानको ‘फरेन्सिक बिल्डिङ’को शव परीक्षण युनिटमा उनले अवस्था बुझ्दै जहाज दुर्घटनामा परी ज्यान गुमाएकाप्रति हार्दिक श्रद्धाजञ्ली अर्पण गरेका हुन् ।

मन्त्री डेलले सौर्य एयरलाइन्सको विमान दुर्घटनाबारे गहन अनुसन्धान हुने बताए । उनले दुर्घटना परी ज्यान गुमाएका आफन्त र घाइते पाइलट मनिषरत्न शाक्यको अवस्था  पनि बुझ्नेका थिए ।

उनले अहिले मृतकहरुको फिंगर प्रिन्ट्स, दाँतबाट र शरीरका विभिन्न संकेतबाट पहिचान गर्ने काम भइरहेको र बुधवार नै ४ वटा शवको पहिचान भइसकेको बताए । उनले शवको पहिचान भएपनि म्याचिङ गर्न बाँकी रहेको बताए ।

उनले भने,’ पहिचान हुन सकेको शवहरु भोलिसम्म आफन्तलाई जिम्मा लगाइने भनिएको छ । हाम्रो हवाई क्षेत्र धेरै सुरक्षित हुन सकिरहेको छैन । यो हामीले वर्षेनी यो समस्या झेल्नुपरेको छ । पछिल्लो समयमा हरेक वर्ष झैँ यो दुर्घटना भइरहेको छ । यसको कारण पत्ता लगाउन जरुरी छ । कहाँ सावधानी अपनाउने, कहाँ लापरवाही भयो, यसलाई पर्यटन मन्त्रालय र नागरिक उड्डयन प्राधिकरणले समस्या पत्ता लगाउनु पर्छ । पर्यटन क्षेत्रमा पनि यसले गम्भीर असर पार्छ । हवाई यात्रालाई सुरक्षित बनाउनका निम्ति एयरलाइन्सहरुमा भएका कमजोरी, पुराना जहाज प्रयोग गर्ने कण्डिसन बिग्रिएका जहज प्रयोग गर्ने, मापदण्ड पूरा नभएका विमान उडान गर्न दिने, विमानस्थल भित्र जहाज उडानका लागि मैत्रीपूर्ण वातावरण गराउने काम गर्न जरुरी छ । प्राविधिक क्षेत्रमा टेक्निकल इरर हुनु हुँदैन । स्पष्ट मापदण्ड हुनुपर्छ । मापदण्ड पूरा भएको जहाजलाई लापरवाही गरेर उडान गर्न दिनु हुँदैन । नियमित अनुगमन गर्नुपर्छ । छानबिन समिति गठन गर्न आयोग गठन गरिएको छ । व्यवस्थित ढंगले छानबिन गर्न ४५ को समय दिइएर अध्ययन गर्न भनिएको छ । कारण, निवारण खोजेर प्रतिवेदन दिन भनिएको छ । समितिले यसका सम्पूर्ण पक्षहरु खोतल्ने छ । ब्ल्याक बक्स सुरक्षित छ, त्यसले पनि धेरै वास्तविक कुरा पत्ता लाग्छ । वास्तविकता गहिराईमा गएर खौज्दा पत्ता लाग्छ । दुर्घटनाको कारण गहिराइमा नै गएर खोजिनुपर्छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *