रास्वपाको अबको रणनीति के ? घण्टीघरमा केन्द्रीय समिति बैठक – Nepal Press

रास्वपाको अबको रणनीति के ? घण्टीघरमा केन्द्रीय समिति बैठक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको बैठक सुरु भएको छ। पार्टी केन्द्रीय कार्यालय चःमति (वनस्थली)मा अहिले बैठक बसिरहेको छ।

प्राकृतिक प्रकोपसहित सिमलताल पहिरो र सौर्य एयरलाइन्स दुर्घटनामा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली र शोकाकुल परिवारजनमा समवेदना प्रकट गर्दै बैठक सुरु भएको जनाएको छ।

बैठकमा संगठनको आन्तरिक रणनीति, आगामी कार्यक्रम र कार्यदिशा तथा दलको अधिवेशनको तयारीबारे पनि निर्णय लिनेछ।

हिजो सभापति रवि लामिछानेले दलको सबै केन्द्रीय विभाग प्रमुखहरूसँग छलफल गरेका थिए। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार ढलेपछि सत्ताबाट बाहिरिएको रास्वपा अहिले पार्टी निर्माणमा केन्द्रित हुँदैछ ।

प्रचण्ड नेतृत्वको सरकारमा उपप्रधान तथा गृह मन्त्रालय लिएर सभापति लामिछानेसहित ४ मन्त्री सरकारमा थिए ।

पछिल्लो समय एकपछि अर्को विवाद झेल्दै आएको रास्वपाको केन्द्रीय विभागहरूले पार्टीको आगामी रणनीतिबारे पार्टी सभापतिसँग बैठकमा छलफल गरिरहेको जनाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर