एसिया कप खेलेर फर्कियो महिला टीम, कप्तान इन्दु भन्छिन्- हामीले सुधार गर्नुपर्ने धेरै छ (भिडिओ) – Nepal Press

एसिया कप खेलेर फर्कियो महिला टीम, कप्तान इन्दु भन्छिन्- हामीले सुधार गर्नुपर्ने धेरै छ (भिडिओ)

काठमाडौं । श्रीलंकामा आयोजित महिला एसिया कप टी-२० क्रिकेट खेलेर नेपाली महिला टीम स्वदेश फर्किएको छ ।

प्रतियोगितामा नेपालले तीन खेल खेल्दै एक जित र दुई हार व्यहोरेको थियो ।

समूह चरणबाट माथि उक्लिन नसके पनि नेपालले एसिया कपमा पहिलो जित दर्ता गर्न सफल भयो ।

कप्तान इन्दु बर्माले त्रिभुवन विमानस्थलमा पत्रकारसँग कुरा गर्दै सुखद अनुभव भएको बताइन् । प्रतियोगिताबाट नेपाली टिममा सुधार गर्नुपर्ने धेरै कुराहरु महसुस भएको उनको भनाइ छ ।

इन्दु भन्छिन्:

टुर्नामेन्ट सुखद र रोमाञ्चक भयो । यति ठूलो प्लेटफर्ममा खेल्न पाउनु नै ठूला कुरा थियो । हामीले खेल्न सक्छौँ भन्ने सन्देश गएको छ ।

यूएईसँग कसरी हुन्छ जित चाहिन्छ भन्ने थियो । त्यसपछि पाकिस्तानलाई कडा फाइट दिने रणनीति बनाएका थियौँ । हामीले सक्दो प्रयास गरेको हो । टेस्ट नेसनहरुलाई फाइट दिँदा चैँ हामीले पोटेन्सीयल देखाउन सक्यौँ जस्तो लाग्छ ।

हाम्रो धेरै कमजोरीहरू छन् । अझै मिहिनेत गर्नुपर्ने छ । धेरै कुरा सिक्यौँ । फ्लड लाइटमा खेल्दा त्यस्तो फरक परेन । यसलाई एक्स्क्युज बनाउन चाहन्न । टी-२० गेमको बेलामा प्रेस हुन्छ । फ्लड लाइटले ठूलो फरक पर्दैन ।

धेरै वर्षपछि हामीले यूएईलाई बिट गर्न सक्यौँ । बेस्ट मोमेन्ट त्यही हो जस्तो लाग्छ । भारतीय खेलाडीहरूसँग कसरी प्रेसर ह्यान्डल गर्ने, फिटनेस कसरी मेन्टेन गर्ने भनेर कुराकानी गरेँ ।

हामीले सुधार गर्नुपर्ने चिज धेरै छ । बलिङ, ब्याटिङ, फिल्डिङमा सबै पक्षमा सुधार गर्नुपर्ने छ । हामीले अझै मिहिनेत गरेर सुधार गर्दै गयौँ भने ठूला टीमलाई बिट गर्न सक्छौँ ।

तस्बिरहरु :उमेश कार्की/नेपालप्रेस


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *