‘ट्रम्पलाई गोली हान्ने युवाले केनेडीको हत्या अनुसन्धान गरेका थिए’ – Nepal Press

‘ट्रम्पलाई गोली हान्ने युवाले केनेडीको हत्या अनुसन्धान गरेका थिए’

काठमाडौं । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई गोली हान्ने युवाले गोली हानी हत्या गरिएका अमेरिकाका पूर्वराष्ट्रपति जोन एफ. केनेडीको हत्यालाई अनुसन्धान गरेको पाइएको छ ।

रुसी विश्व च्यानल आरटीका अनुसार बुधवार अमेरिकी सदनमा भएको संसदीय सुनुवाइमा बोल्दै अमेरिकी संघीय अनुसन्धान व्यूरो (एफबीआई) निर्देशक क्रिस्टोफर रेले यस्तो खुलासा गरेका हुन् ।

रेले गोली प्रहार गर्ने युवा थोमस माइकल क्रूक्स्ले गोली प्रहार अगाडी ट्रम्पको नजिकसम्म ड्रोन पठाएर अध्ययन गरेको पनि उनले खुलाएका छन् ।

सन १९६३ मा हत्या गरिएको केनेडीका हत्यारा केनेडी भन्दा कति पर थिए भनेर उनले गुगल सर्च गरेको खुलेको एफबीआई निर्देशकले बताएका छन् ।

गत जुलाई १३ मा ट्रम्पलाई गोली प्रहार हुँदा उनी छलिएर बाँच्न सफल भएका थिए ।

उनको कानमा गोलीले अलेली छोएको थियो  भने नजिकैको घरको छतमा बसेर गोली प्रहार गर्ने २० वर्षका युवालाई अमेरिकी सेक्रेट सर्भिसका अधिकारीले गोली हानी हत्या गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर