३२ अंकले बढेर बन्द भयो शेयर बजार – Nepal Press

३२ अंकले बढेर बन्द भयो शेयर बजार

काठमाडौं । साताको अन्तिम कारोबारका दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३२ अंकले बढेर बन्द भएको छ । पछिल्लो दुई सातादेखि निरन्तर बढीहेरको नेप्से परिसूचक बिहीबार ३२ अंकले बढेर २५६८.११ को बिन्दुमा अडिएको हो ।

अघिल्लो बुधबार मात्रै बजारमा २७.३२ अंकको करेक्सन देखिएको थियो । जहाँ १६ अर्ब १२ करोड रुपैयाँको कारोबार भएको थियो ।

यस दिन बजारमा ३ करोड ५५ लाख ९४ हजार ८६८ कित्ता शेयरको खरिदबिक्री हुँदा १४ अर्ब १३ करोड ७८ लाख ९९ हजार रुपैयाँको कारोबार भएको छ । आजको कारोबारमा तीन कम्पनीहरूको शेयर सर्किट लेबलमा कारोबार भएको छ ।

बिहीबार उपकार लघुवित्त वित्तीय संस्था, जीवन विकास लघुवित्त वित्तीय संस्था, एसियन हाइड्रोपावर र गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताहरूले सर्वाधिक नाफा कमाएका छन् ।

साताको पहिलो दिन आइतबार शेयर बजारमा ६१.६१ अंकको उछाल देखिएको थियो । आइतबार मात्रै १५ अर्ब १० करोड रुपैयाँको शेयर कारोबार भएको थियो ।

त्यस्तै, साताको दोस्रो दिन सोमबार २.१५ अंकले बढेको बजारमा १३ अर्ब ८३ करोड रुपैयाँको कारोबार भएको थियो ।

मंगलबार ७५.३३ अङ्कले सेयर बजारमा उछाल देखिएको थियो । यस दिन १४ अर्बको कारोबार भएको थियो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *