नेताहरूलाई रणनीतिक रूपमा सक्षम बनाउन रास्वपाले ‘क्लोज क्याम्प’ आयोजना गर्ने – Nepal Press

नेताहरूलाई रणनीतिक रूपमा सक्षम बनाउन रास्वपाले ‘क्लोज क्याम्प’ आयोजना गर्ने

अरनिको पाँडेलाई गर्‍यो केन्द्रीय समिति सदस्यमा पुनर्बहाली

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टी पदाधिकारी तथा नेतृत्वमा रहेका सदस्यहरूलाई रणनीतिक रूपमा सक्षम बनाउन सघन प्रशिक्षणका लागि ‘क्लोज क्याम्प’आयोजना गर्ने भएको छ ।

आज बसेको केन्द्रीय समितिको बैठकले पार्टीका सम्बन्धमा सार्वजनिक बहसमा आएका सबै उपयुक्त विषयहरुमा अध्ययन अनुसन्धानका लागि केन्द्रीय अनुशासन आयोगलाई अनुरोध गर्ने निर्णय गरेको कार्यवाहक प्रवक्ता मनिष झाले बताए ।

उनले राष्ट्रिय योजना आयोगको सदस्यमा मनोनीत हुँदा केन्द्रीय सदस्यबाट अल्पकालीन राजीनामा दिएका डा. अरनिको पाँडेलाई केन्द्रीय समिति सदस्यमा पुनर्बहाली गर्ने निर्णय समेत भएको बताए ।

बैठकले पार्टीको केन्द्रीय विभागहरुमा विभिन्न मितिमा मनोनीत सदस्यहरुलाई अनुमोदन समेत गरेको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर