उपसभामुखको थप बचाउ गर्दै रास्वपाले भन्यो- त्यो पत्र अमेरिकी दूतावासमा दर्ता भएको रहेनछ (भिडिओ) – Nepal Press

उपसभामुखको थप बचाउ गर्दै रास्वपाले भन्यो- त्यो पत्र अमेरिकी दूतावासमा दर्ता भएको रहेनछ (भिडिओ)

आर्थिक लेनदेन नभएको दाबी, संवैधानिक परिषदमा बहुमत पुर्‍याउन चलखेल गरिएको आशंका

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उपसभामुख इन्दिरा रानाले लेखेको सिफारिस पत्र अमेरिकी दूतावासमा दर्ता नै नभएको दाबी गरेको छ । संवैधानिक परिषदमा बहुमत पुर्‍याउने हेतुले अहिले यो प्रकरणलाई बाहिर ल्याइएको आशंकासमेत पार्टीको छ ।

आज बसेको केन्द्रीय समिति वैठकमा यो विषयमाथि छलफल भएको पार्टीका प्रवक्ता मनिष झाले बताए । पत्रका विषयमा पार्टीले अनौपचारिकरूपमा बुझ्दा दूतावासमा दर्ता नभएको पाइएको उनको भनाइ छ ।

झाले भने, ‘यो पत्रको मिति १८ महिना अगाडिको रहेछ । अमेरिकी दूतावासमा रजिस्टर भएको पनि छैन । सिफारिसअनुसार कसैले सुविधा लिइएको पनि पाइएन ।’

दूतावासमा दर्ता नभएको भन्ने कसरी पुष्टि गर्नुभयो भन्नेमा उनले ठोस जवाफ दिन सकेनन् । पत्रको एउटामात्रै कपी बाहिर आएको तथा त्यसमा दूतावासको छाप नरहेको उनले बताए ।

यस प्रकरणमा उपसभामुखको आशय र नियत गलत नभएको तथा आर्थिक चलखेल नभएको दाबीसमेत झाले गरेका थिए । बैठकपछि पत्रकार सम्मेलनमा उनले संवैधानिक परिषदका लागि यो सबै चलखेल भएको हो कि भन्ने आशंका पार्टीलाई रहेको बताए ।

उपसभामुख राना अहिले पार्टीका सदस्य नरहेकाले उहाँमाथि कुनै निर्णय गर्ने अवस्थामा रास्वपा नरहेको पनि झाले प्रष्ट पारे ।

उनले भने, ‘उहाँ हाम्रो पार्टीको सदस्य हुनुहुन्न । यो विषयमा संसद सचिवालय र राज्य व्यवस्था समितिमा उजुरी परिसकेको छ । त्यहाँ के छलफल र निर्णय हुन्छ, त्यसको आधारमा हामी थप धारणा बनाउनेछौं ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर