राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा अधिकारी नियुक्त – Nepal Press

राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा अधिकारी नियुक्त

काठमाडौं । राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा.शिवराज अधिकारी नियुक्त भएका छन् ।

बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।

उपाध्यक्षमा नियुक्त अधिकारी त्रिभुवन विश्वविद्यालयका प्राध्यापक हुन् । तत्कालीन आयोगका अध्यक्ष डा।मीनबहादुर श्रेष्ठ उपाध्यक्ष छदा उनी केही महिना आयोगको सदस्य रहेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *