पत्रकार श्रेष्ठलाई ज्यान मार्ने धम्कीविरुद्ध माओवादीनिकट प्रेस सेन्टरको आपत्ति – Nepal Press

पत्रकार श्रेष्ठलाई ज्यान मार्ने धम्कीविरुद्ध माओवादीनिकट प्रेस सेन्टरको आपत्ति

काठमााडौं । आस्था प्रकाशन प्रालिका अध्यक्ष तथा जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठलाई ज्यान मार्ने धम्की दिएकोप्रति नेकपा (माओवादी केन्द्र) निकट प्रेस सेन्टर नेपालले आपत्ति जनाएको छ । सेन्टरले एक विज्ञप्ति जारी गर्दै घटनाको निन्दा र भर्त्सना गरेको हो ।

साउन ८ गते मंगलबार विप्लव समूहको विद्यार्थी संगठन अखिल (समाजवादी)को सचिव बताउने व्यक्तिबाट आएको ज्यान मार्ने र संस्था बमले उडाइदिने धम्कीप्रति गम्भीर ध्यानाकर्षण भएको सेन्टरका महासचिव सन्तोष पौडेललेले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

विज्ञप्तीमा भनिएको छ, ‘यस घटनाको विषयमा आवश्यक अनुसन्धान तथा कानुनी कारबाही गर्न तथा आगामी दिनमा सञ्चारमाध्यम र पत्रकारमाथि भौतिक तथा अन्य माध्यमबाट धम्की दिने, सूचना प्रवाहमा अवरोध गर्ने तथा स्वतन्त्र प्रेसमाथि आक्रमण गर्ने गतिविधि कुनै पनि पक्षबाट नगर्न तथा हुन नदिने वातावरण निर्माण गर्न सरकार र सम्बन्धित सबै पक्षलाई अपिल गर्दछौं ।’

सञ्चारमाध्यमको कार्यालयमा हतियारसहित गएर धम्काउनु तथा प्रधान सम्पादकलाई फोनमार्फत ज्यान मार्ने धम्की दिनु प्रेस मान्यताविपरीतको कार्य भएको सेन्टरको भनाइ छ । विज्ञप्तिमा घटनाको अनुसन्धान गरी दोषीलाई कानूनी कारबाही गर्न माग गरिएको छ ।

सेन्टरले भनेको छ, ‘सञ्चारमाध्यमको कार्यालयमा हतियारसहित गएर धम्क्याउने तथा सम्पादकलाई फोनमार्फत ज्यान मार्ने धम्की दिने कार्य मानवअधिकारको दृष्टिकोणबाट र संविधानतः प्रेस स्वतन्त्रता र स्वतन्त्र प्रेसको मान्यता विपरीत छ । तसर्थ,यस घटनाको विषयमा आवश्यक अनुसन्धान तथा कानुनी कारबाही गर्न तथा आगामी दिनमा सञ्चारमाध्यम र पत्रकारमाथि भौतिक तथा अन्य माध्यमबाट धम्की दिने,सूचना प्रवाहमा अवरोध गर्ने तथा स्वतन्त्र प्रेसमाथि आक्रमण गर्ने गतिविधि कुनै पनि पक्षबाट नगर्न तथा हुन नदिने वातावरण निर्माण गर्न सरकार र सम्बन्धित सबै पक्षलाई अपिल गर्दछौं ।’

मंगलबार बिहान १०ः०० बजेदेखि पटक–पटक फोन गरी आफुलाई विप्लव निकट विद्यार्थी संगठन अखिल (समाजवादी)को सचिव कपिल सिको परिचयबाट चिनाएका व्यक्तिले अश्लिल गालीगलौज गर्दै प्रधानसम्पादक श्रेष्ठलाई सिध्याइदिने धम्की दिएका थिए ।

सोही समूहका केही व्यक्ति दिउँसो धोबिघाटस्थित कार्यालयमा कम्मरमा पिस्तोल भिरेर प्रवेश गरी हुलदंगा गर्नुका साथै बमले उडाइदिने धम्की दिएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *