दुर्घटनाग्रस्त जहाजका पार्टपुर्जा सोहोरिँदै, कति काम लाग्छन् ? – Nepal Press

दुर्घटनाग्रस्त जहाजका पार्टपुर्जा सोहोरिँदै, कति काम लाग्छन् ?

ब्ल्याक बक्सको अनुसन्धान गर्दै जाँचबुझ आयोग

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र हिजो सौर्य एयरलाइन्सको जहाज दुर्घटनाग्रस्ता भयो । दुर्घटनाको अवशेष सफा गर्ने काम अहिले भइरहेको छ ।

टेकअफ लिएको केही सेकेन्डमै भुईंमा खसेर बजारिएको जहाजमा आगो लागेको थियो । जहाजको बाहिरी आवरण ध्वस्त बनेको छ । यद्यपि, यसका पार्टपुर्जाहरु काम लाग्न सक्छन् । अहिले छरपस्ट भएका जहाजका टुक्राहरूलाई सङ्कलन गर्ने काम भइरहेको छ ।

जहाजको आगो निभाएको केही घण्टासम्म पनि उक्त ठाउँबाट धुवाँ नै आइहरेको थियो । उद्धारमा खटिएका आर्मी र प्रहरीले सुरुमै जहाजको ‘ब्ल्याक बक्स’ को खोजी गरे । ब्ल्याक बक्स पाइसकेपछि त्यसलाई नागरिक उड्डयन प्राधिकरणको ‘फ्लाइट सेप्टी स्ट्यान्ड डिपार्टमेन्ट’ ले सुरक्षित राखेको छ ।

सरकारले हिजो गठन गरेको दुर्घटनासम्बन्धी जाँचबुझ आयोगले उक्त ब्ल्याक बक्सको अनुसन्धान गरिरहेको छ । ब्ल्याक बक्सले दुर्घटनाको कारण पत्ता लगाउन महत्वपूर्ण सहयोग गर्छ ।

यो खासमा एक रेकर्डर हो, जुन जहाजको पछाडिको भाग (पुच्छरपट्टि) राखिएको हुन्छ । यसलाई आगोले जलाउन सक्दैन र जस्तो दुर्घटना पछि पनि सुरक्षित रहन्छ । दुर्घटना अघि जहाजभित्रको आवाज र कुराकानी यसमा रेकर्ड भएको हुन्छ ।

कुनै पनि जहाज दुर्घटना भएपछि उक्त जहाजका पार्टसलाई पहिले जाँचबुझ आयोगले अनुसन्धान गर्ने गर्छ । अनुसन्धानपश्चात एयरलाइन्सलाई ती पार्टस हस्तान्तरण गरिन्छ ।

अन्तर्राष्ट्रिय मापदण्डअनुसार ‘एनएस ६’ र ‘एनएस ८’ को परीक्षणपछि पुन जहाजका पार्ट्सहरु प्रयोग गर्न सकिन्छ । अन्तर्राष्ट्रिय मापदण्डले पार्ट्सहरू प्रयोग गर्न मिल्ने भए मात्रै पुन जहाजमा उक्त पार्टसहरु जडान गरिन्छन् ।

सामान्य टुटफुट भएको अवस्थामा सम्बन्धित एयरलाइन्सले अन्तर्राष्ट्रिय मापदण्ड अनुरूप सर्टिफाइड गराएर अर्को जहाजमा प्रयोग गर्न अथवा बेच्न सक्छन् । एयरलाइन्सले काम नलाग्ने पार्टहरू नष्ट गर्नेछ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *