मधेश प्रदेश लोकसेवा आयोगको अध्यक्षमा डा. यादव नियुक्त – Nepal Press

मधेश प्रदेश लोकसेवा आयोगको अध्यक्षमा डा. यादव नियुक्त

जनकपुरधाम । मधेश सरकारले प्रदेश लोकसेवा आयोगको अध्यक्षमा डा. शिवराम यादवलाई नियुक्त गरेको छ ‌।

सिरहा नगरपालिका १३ गम्हरिया घर भएका ५७ वर्षीय डा. यादवलाई आज सरकारले आयोगको अध्यक्षमा नियुक्त गरेको हो । मुख्यमन्त्री सतिश कुमार सिंहले उनलाई आयोगको अध्यक्षमा नियुक्त गरेको जानकारी प्रदेश प्रमुख सुमित्रा भण्डारीलाई गराएका छन् ।

डा. यादवलाई आयोगको अध्यक्ष पदको शपथ भोली गराउने तयारी गरिएको मुख्यमन्त्री सचिवालयले जानकारी दिएको छ ।

उमेर हद नाघेको कारण अध्यक्ष सुरेन्द्रप्रसाद यादव २०८० फागुन २२ गते अवकाश प्राप्त गरेपछि सो पद रिक्त थियो । आयोगको एक सदस्य पनि रिक्त छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *