सन्दीप-दीपेन्द्रको टीम भ्यानकुभरले उस्मान ख्वाजालाई दियो कप्तानी – Nepal Press

सन्दीप-दीपेन्द्रको टीम भ्यानकुभरले उस्मान ख्वाजालाई दियो कप्तानी

काठमाडौं । क्यानाडाको फ्रेन्चाइज लिग ग्लोबल टी २० आजबाट सुरू भएको छ । यस प्रतियोगितामा नेपालका तीन खेलाडी सहभागी रहेका छन् ।

लिगमा नेपाली दुई स्टार सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरी आवद्ध भ्यानकुभर नाइट्स पहिलो खेलमा पराजित भयो । नेपालकै रोहित पौडेल आवद्ध टोरन्टो नेसनल्सले भ्यानकुभरलाई हराएको हो ।

भ्यानकुभरले टीमको कप्तान अष्ट्रेलियन खेलाडी उस्मान ख्वाजालाई बनाएको छ । उनी भर्खरैमात्र टीममा आवद्ध भएका थिए ।

पाकिस्तानका मोहम्मद रिजवानले लिग खेल्न नपाएपछि उनको स्थानमा पाकिस्तानी मूलका उस्मानलाई भित्र्याइएको हो । यसअघि सन्दीपलाई कप्तानी दिने चर्चा चलेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *