लोक गायक एलपी जोशीको निधन – Nepal Press

लोक गायक एलपी जोशीको निधन

काठमाडौं । लोक गायक एलपी जोशी (लक्ष्मी प्रसाद जोशी)को निधन भएको छ । उनकाे ८८ वर्षको उमेरमा निधन भएको हो ।

जोशीको जन्म धनकुटा बजारमा नेवार परिवारमा भएको थियो भने उनी लामो समयदेखि झापा दमकमा बसोबास गर्दै आएका हुन् ।

२०१३ सालमा प्रथम पटक आफ्नो गीत रेकर्ड गराएको वरिष्ठ गायक एलपी जोशीको जम्मा ४५ ओटा गीतहरु रेडियो नेपालमा रेकर्ड छन् ।
उनका अधिकांश गीतहरु २०२० साल पहिले नै रेकर्ड भएका हुन् ।

वरिष्ठ लोकगायक एलपी जोशीका विभिन्न ४५ ओटा रेकर्डेड गीतहरुमध्ये ‘रिटिङरिटिङ नबजाउ बिनायो बिनायोले मन मेरो छिनायो’ र ‘ओल्लो खोलो पल्लो खोलो कमिलाको गोलो भनेर हो’नामक गीत सर्वाधिक चर्चित छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *