उत्तर कोरियाली ह्याकरसँग आजित अमेरिकाको घोषणा- पक्राउ गर्नेलाई एक करोड इनाम – Nepal Press

उत्तर कोरियाली ह्याकरसँग आजित अमेरिकाको घोषणा- पक्राउ गर्नेलाई एक करोड इनाम

काठमाडौं । उत्तर कोरियाली ह्याकरबारेमा पश्चिमा पक्षका देशहरुले चेतावनी दिएका छन् । रुसी विश्व च्यानल आरटीका अनुसार अमेरिका, बेलायत तथा दक्षिण कोरियाले यस्तो चेतावनी दिएका हुन् ।

उत्तर कोरियाको इन्दारियल ग्रुपको नाममा यस्तो चेतावनी दिएका हुन् । यो समूहले विश्वभरका संवेदनशील पूर्वाधारहरुमा आक्रमण गरेर संवेदनशील सूचनाहरु लिइरहेको बताइएको छ ।

रक्षा, आणविक, हवाई तथा इन्जिनियरिङ क्षेत्रमा यस्ता ह्याकिङ भएको बताइएको छ । अमेरिकी स्टेट डिपार्टमेन्टले उत्तर कोरियाली ह्याकर ग्रुप इन्दारियलका रिम जोम ह्योकलाई पक्राउ गर्न सहयोग गर्नेलाई एक करोड अमेरिकी डलर इनाम दिने बताएको छ ।

सन् २०१७ मा पहिलो पटक इन्दारियलको अस्तित्वको रुपमा आएको सार्वजनिक भएको थियो । दक्षिण कोरियाका व्यापारिक तथा सरकारी संस्थानहरुमा यसले ह्याक गरेको बताइएको थियो, तर अहिले यसले विश्वभर ह्याकिङ गरिरहेको बताइन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर