टीआरसी सहजीकरण कार्यदलको बैठक जारी- विवादित विषय टुंग्याउने तयारी (भिडिओ) – Nepal Press

टीआरसी सहजीकरण कार्यदलको बैठक जारी- विवादित विषय टुंग्याउने तयारी (भिडिओ)

काठमाडौं । संक्रमणकालीन न्यायसम्बन्धी (टीआरसी) विधेयकमा सहमति जुटाउन गठित कार्यदलको बैठक सिंहदरबारमा बसिरहेको छ ।

बैठक गृहमन्त्री रमेश लेखकको कार्यकक्षमा सुरू भएको हो । बैठकमा नेपाली कांग्रेसको तर्फबाट कार्यदलका सदस्य गृहमन्त्री लेखक, नेकपा एमालेको तर्फबाट प्रमुख सचेतक महेशकुमार बर्तौला र नेकपा (माओवादी केन्द्र) को तर्फबाट उपमहासचिव जनार्दन शर्मा छन् ।

विधेयकसम्बन्धी सहमति हुन बाँकी बुँदामा छलफल गरी आजको बैठकमा टुंग्याइने तयारी छ । सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगसम्बन्धी विधेयक संसदमा विचाराधीन छ ।

दलहरूबीच बालसेनाको मामिलालाई ऐनमा कसरी उल्लेख गर्ने र मेलमिलापका घटनामा पीडितको स्वतन्त्र सहमति नभए के गर्ने भन्नेबारे छलफल सुरू भएपनि निष्कर्षमा पुगिसकेको छैन । साथै पीडितको स्वतन्त्र सहमतिका बारेमा निष्कर्ष निस्किएको छैन ।

यसअघि ८ गते बसेको बैठकमा विवादित विषयमा सहमतिनजिक पुगेको भन्दै सदस्यहरूले आज भोलि नै टुंग्याएर शीर्ष नेतृत्वलाई बुझाइने बताएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर