बैंक तथा वित्तीय संस्थाले रेगुलेटरी रिजर्भलाई टियर टु क्यापिटलमा गणना गर्न सक्ने, कर्जा नोक्सानी भारलाई घटाइयो – Nepal Press

बैंक तथा वित्तीय संस्थाले रेगुलेटरी रिजर्भलाई टियर टु क्यापिटलमा गणना गर्न सक्ने, कर्जा नोक्सानी भारलाई घटाइयो

काठमाडौं । बैंक तथा वित्तीय संस्थाले रेगुलेटरी रिजर्भलाई टियर टु क्यापिटलमा गणना गर्न पाउने भएका छन् ।

नेपाल राष्ट्र बैंकले मौद्रिक नीति मार्फत बैंक तथा वित्तीय संस्थाले आफ्नो रकमलाई गणना गर्दा क्यापिटल एडुक्वेसी फ्रेमवर्कको व्यवस्थाको अधीनमा रही कुल पुँजीकोष प्राथमिक पुँजीकोषको दोब्बरभन्दा बढी नहुने गरी रेगुलेटरी रिजभमा रहेका उपयुक्त रिजर्भ रकमहरूलाई टियर टु क्यापिटलको रूपमा गणना गर्न सकिने व्यवस्था मिलाइने भएको हो ।

त्यस्तै, राष्ट्र बैंकले असल कर्जामा गर्नुपर्ने विद्यमान १.२० प्रतिशत कर्जा नोक्सानी व्यवस्थालाई घटाएर १.१० प्रतिशत कायम गरेको छ । यसका साथै कर्जा खरिदबिक्रीको लागि गरिने जोखिम भारसम्बन्धी व्यवस्थामा आवश्यक पुनरावलोकन गर्ने उल्लेख गरिएको छ ।

त्यस्तै, जोइन्ट भेन्चर अर्थात् जेभी मा संलग्न कुनै पनि जेभी पार्टनर कालोसूचीमा परेको कारण अन्य जेभी पार्टनरको बैंकिङ काम कारबाहीमा असर नपर्ने व्यवस्था मिलाइने उल्लेख गरिएको छ ।

नेपाल सरकारबाट निर्माण कार्यको म्याद नवीकरण भएमा बैंक तथा वित्तीय संस्थाबाट प्रदान भएको जमानत समेत नवीकरण हुनसक्ने व्यवस्था मिलाइने भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *