ब्याजदर करिडोरको माथिल्लो सीमा र नीतिगत दर घट्यो, ब्याजदर झन घट्ने – Nepal Press

ब्याजदर करिडोरको माथिल्लो सीमा र नीतिगत दर घट्यो, ब्याजदर झन घट्ने

काठमाडौं । ब्याजदर करिडोरको माथिल्लो सीमाको बैंकदरलाई ७ प्रतिशतबाट घटाएर ६.५ प्रतिशत कायम गरेको छ ।

नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै ब्याजदर करिडोरको माथिल्लो सीमा घटाएको हो। यस्तै नीतिगत दर ५.५ प्रतिशतबाट ५.० प्रतिशत कायम गरिएको छ ।

ब्याजदर कोरिडरको तल्लो सीमाको रूपमा रहेको ३ प्रतिशतको निक्षेप संकलन दरलाई भने यथावत् राखिएको छ ।

मौद्रिक नीतिमा बैंक तथा वित्तीय संस्थाले कायम गर्नुपर्ने अनिवार्य नगद अनुपात र वैधानिक तरलता अनुपात सम्बन्धी विद्यमान व्यवस्थालाई यथावत् राखिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर