डलर सटहीको सीमा वृद्धि हुँदै, बस्तु आयात गर्दा ५० हजार अमेरिकी डलर साट्न पाइने – Nepal Press

डलर सटहीको सीमा वृद्धि हुँदै, बस्तु आयात गर्दा ५० हजार अमेरिकी डलर साट्न पाइने

काठमाडौं । विदेश घुम्न जादा साट्ने विदेशी मुन्द्राको सीमा वृद्धि हुने भएको छ । यसभन्दा पहिले २ हजार ५ सय डलर साट्न पाउने सुविधा थियो । यो सीमालाई बढाइने भएको हो ।

वस्तु आयात गर्दा उपलब्ध हुने सटही सुविधाको विद्यमान सीमा अमेरिकी डलर ३५ हजारबाट वृद्धि गरी अमेरिकी डलर ५० हजार कायम भएको छ ।

डकुमेन्ट एगेन्स्ट र डकुमेन्ट एगेन्स्ट एसेष्टेन्सको माध्यमबाट आयात गर्न सकिने विद्यमान सीमा अमेरिकी डलर ६० हजारबाट वृद्धि गरी अमेरिकी डलर एक लाख कायम गरिनेछ । नेपालमा खोलिएका परिवत्र्य विदेशी मुद्राको खाताबाट खर्च गर्न सकिने सीमालाई वृद्धि हुने भएको छ ।

विप्रेषण आप्रवाह, भ्रमण, व्यापार लगायतका क्रियाकलापलाई थप सहज हुने गरी सटही गर्न सकिने विदेशी मुद्राहरुको विद्यमान सूची पुनरावलोकन हुने भएको हो । सेवा आयात वापत बैंक तथा वित्तीय संस्थाबाट प्रदान गरिने विद्यमान सटही सीमालाई वार्षिक
र क्षेत्रगत रुपमा तोकी यससम्बन्धी व्यवस्थालाई सहजीकरण गरिनेछ ।

सुन आयात तथा बिक्री वितरण सम्बन्धी विद्यमान व्यवस्थाका सम्बन्धमा अध्ययन गरिनेछ । साथै, चाँदी आयातको विद्यमान व्यवस्थामा समसामयिक पुनरावलोकन गरिनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *