राष्ट्र बैंकले डिजिटल करेन्सीको डिजाइन तयार गर्दै – Nepal Press

राष्ट्र बैंकले डिजिटल करेन्सीको डिजाइन तयार गर्दै

काठमाडौं । नेपाल राष्ट्र बैंकले डिजिटल करेन्सी अर्थात् डिजिटल मुद्राको डिजाइन तयार गर्ने भएको छ । राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत डिजिटल मुद्राको डिजाइन तयार गर्ने बताएको हो ।

राष्ट्र बैंकले सन २०२२ देखि सेन्ट्रल बैंक डिजिटल करेन्सी अर्थात् सिबिडीसी परियोजनाको अध्ययन गरिरहेको छ ।सीबीडीसीको अवधारणाले डिजिटल करेन्सीको प्रयोग तीन वटा क्षेत्र होलसेल, रिटेल र क्रस ब्रिजमा हुने बताउँछ ।

जसमा होलसेल भन्नाले बैंक तथा वित्तीय संस्थाहरुबीच हुने कारोबारलाई बुझाउँछ । भने, सर्वसाधारणले गर्ने कारोबारलाई रिटेलका रूपमा बुझिन्छ र क्रसब्रिजले सीमापार कारोबारलाई बुझाउँछ ।

मौद्रिक नीतिले अहिले होलसेल क्षेत्रको प्रारूप तयार गर्ने बताएको हो । अर्थात् सीबीडीसी परियोजनाको दोस्रो क्षेत्र होलसेल को प्रारूप बनाउने भएको हो । यसमा डिजिटल मुद्राको डिजाइन, इन्फास्टक्चर तथा टोकन बेसमा कारोबार हुने कि अकाउन्ट बेसमा कारोबार हुने कुराहरू पर्दछन् ।

यो पनि पढ्नुहोस्- नेपाल पनि डिजिटल करेन्सी प्रयोग गर्ने नीतिगत व्यवस्थातर्फ

सीबीडीसी परियोजनाको होलसेल क्षेत्रले बैंक तथा वित्तीय संस्थाहरुबिचमा कसरी कारोबार हुने बताउँछ । नेपालमा पहिले बैंक तथा वित्तीय संस्थाहरूबीच डिजिटल मुद्राको कारोबारको ढाँचा बनाइँदै छ ।

त्यस्तै , सीबीडीसी परियोजनाको रिटेल क्षेत्रमा पनि सँगै भइरहेको छ । भने, अहिले सीमापार कारोबारका लागि क्रसब्रिज क्षेत्रमा पनि अध्ययन भइरहेको छ ।

विश्वका १३० भन्दा बढी राष्ट्रहरुले ‘सेन्ट्रल बैंक डिजिटल करेन्सी’ (सीबीडीसी)को परियोजनालाई अपनाएर डिजिटल करेन्सीतर्फ जान अनुसन्धान गरिरहेका छन् ।

जसमा भारत, चीन, नाइजेरिया र जिम्बावेले डिजिटल करेन्सीलाई प्रयोगमा समेत ल्याइसकेका छन् । यद्यपि भारत र चीनले सर्वसाधारणका लागि भने डिजिटल करेन्सी खुलाएको छैन । अध्ययनकै चरणमा छ ।

नेपालले पनि सन् २०२२ मा सीबीडीसी परियोजनामा लागू गर्न सम्भाव्यता अध्ययन गरेको थियो । जसलगतै सन् २०२२ को अगस्तमा राष्ट्र बैंकले सीबीडीसी परियोजनाको प्रारम्भिक अध्ययन सार्वजनिक गरेको थियो ।

उक्त प्रारम्भिक अध्ययनले नेपालमा डिजिटल करेन्सीको सम्भावना रहेको कुरा अघि सारेको थियो । त्यस लगत्तै राष्ट्र बैंकले डिजिटल करेन्सीको अध्ययन गर्न सुरु गरेको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *