बजेट कार्यान्वयनमा सहयोगी मौद्रिक नीति : सहकारीकाे पैसा फिर्तादेखि विदेश जानेलाई बिनाधित्तो ऋणसम्म – Nepal Press

बजेट कार्यान्वयनमा सहयोगी मौद्रिक नीति : सहकारीकाे पैसा फिर्तादेखि विदेश जानेलाई बिनाधित्तो ऋणसम्म

काठमाडौं । मौद्रिक नीतिले आर्थिक वर्ष २०८१/८२ को बजेट वक्तव्यमा भएका विभिन्न विषयको कार्यान्वयन गर्ने भएको छ । जसमा विदेश जानेलाई बिना धित्तो ऋण दिनेदेखि जाेखिमयुक्त सहकारीबाट ५ लाखसम्म फिर्ता दिने विषय समेटिएको छ ।

आर्थिक वर्ष २०८१/८२ को नेपाल सरकारको बजेटमा अनुमान गरिएको ६ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्न सहयोग पुग्ने गरी तरलता व्यवस्थापन र कर्जा प्रवाहलाई उत्पादनशील क्षेत्रतर्फ उन्मुख गर्ने राष्ट्र बैंकद्वारा जारी मौद्रिक नीतिमा उल्लेख छ ।

बजेट वक्तव्यमा उल्लेखित बैंक तथा वित्तीय संस्थामा पेश हुने वित्तीय विवरण र कर सूचना प्रणालीमा पेश भएका विवरणहरुबीच आवद्धता कायम गर्ने प्रणाली विकास गर्ने छ ।

बजेट वक्तव्यमा उल्लेखित कृषि उपजको धितोमा समेत सहज रुपमा कर्जा प्रवाह हुने व्यवस्था मिलाउने छ । बजेट वक्तव्यमा उल्लेख भएको बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने कर्जालाई नवप्रवर्तनमा प्रवाह गर्न प्रोत्साहन गर्ने नीति राष्ट्र बैंकले लिएको छ ।

नेपाल सरकारको २०८१/८२ को बजेट वक्तव्यमा उल्लेख भएअनुसार वैदेशिक रोजगारीमा जानेलाई बिना धितोमा ऋण उपलब्ध गराउने व्यवस्था पनि राष्ट्र बैंकले कार्यान्वयन गर्ने छ ।

बजेटमा नै समेटिएको समस्याग्रस्त सहकारीका सञ्चालक र एकाघरको परिवारको सदस्यको नाममा रहेको सम्पत्ति धितोको सुरक्षणमा ५ लाखसम्मका बचतकर्ता सदस्यको रकम फिर्ता गर्ने व्यवस्था कार्यान्वयन हुने छ ।

बजेट वक्तव्यमा उल्लेख भएअनुसार युवामा उद्यमशीलता प्रवर्द्धन गर्न कर्जाको सहज र सरल पहुँच पुर्याउन सहजीकरण गर्ने छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *