कांग्रेस नेताहरु काठमाडौंमा भएकाले सरकारले पूर्णता पाउन ढिलो हुने भयो : मुख्यमन्त्री कँडेल (भिडिओ) – Nepal Press

कांग्रेस नेताहरु काठमाडौंमा भएकाले सरकारले पूर्णता पाउन ढिलो हुने भयो : मुख्यमन्त्री कँडेल (भिडिओ)

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले सत्ता साझेदार दल नेपाली कांग्रेसका नेताहरु काठमाडौं भएकाले सरकारले पूर्णता पाउन ढिलाइ हुने बताएका छन् ।

कांग्रेस नेताहरु आन्तरिक छलफलमा व्यस्त रहेकोले पूर्णता पाउनमा ढिलाइ हुने उनले बताए ।

शुक्रबार पत्रकार भेटघाटमामा उनले भने, ‘सहयात्री दलका साथीभाईहरु आन्तरिक छलफलमा व्यस्त हुनुहुन्छ, प्रदेश सभामा १४ जना मध्ये बैठकमा ४ जनाको उपस्थिति थियो । त्यसले गर्दा बैठक नै सारियो । म यहाँ छु साथीभाइ काठमाडौं हुनुहुन्छ । उस्तै परे म काठमाडौं भेट्न जानू पर्ने हो कि ?’

कँडेलले नेपाली कांग्रेसका नेताहरुसँग नियमित कुराकानी र छलफल भइरहेको जानकारी दिए । एमाले–कांग्रेसको सत्ता साझेदारी नयाँ तरिकाले अघि बढाइने उनले बताए ।

उनले भने, ‘अहिलेसम्मको प्रचलन खाली ठाउँ भर्ने कि भन्ने छ, तर मेरो विचार अनुसार दुई दलको छलफलबाट नयाँ स्तरबाट हुन्छ । यो खाली ठाउँ भर्ने होइन् छलफल गर्ने हो । नयाँ टुङ्गो लगाएर अगाडि बढ्न् परिस्थिति छ ।’

यो एकल यात्रा नभएर सामूहिक यात्रा भएको कँडेलले बताएका छन् । उनले सामूहिक यात्रा सोचेभन्दा फरक भएको भनाइ राखे ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर