दैलेखमा पौडी खेल्नेक्रममा दुई किशोरीको डुबेर मृत्यु – Nepal Press

दैलेखमा पौडी खेल्नेक्रममा दुई किशोरीको डुबेर मृत्यु

सुर्खेत । दैलेखको महावु गाउँपालिका-३ स्थित छामघाट खोलामा पौडी खेल्नेक्रममा दुई किशोरीको डुबेर मृत्यु भएको छ ।

शुक्रवार बाख्रा चराउन गएका उनीहरू छामघाट खोलामा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक दीपेन्द्र मगरातीले जानकारी दिए ।

मृत्यु हुनेमा महाबु गाउँपालिका-३ अमार्सेकी अन्दाजी १४ वर्षीय भावना बुढा र अन्दाजी १६ वर्षीय सपनाकुमारी बुढा रहेको प्रहरी निरीक्षक मगरातीले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *