कोशीमा सरकारबाट बाहिरियो माओवादी, ४ मन्त्रीले राजीनामा बुझाए (भिडिओ) – Nepal Press

कोशीमा सरकारबाट बाहिरियो माओवादी, ४ मन्त्रीले राजीनामा बुझाए (भिडिओ)

विराटनगर । कोशी प्रदेश सरकारबाट माओवादी बाहिरिएको छ ।

कोशीमा एकजना राज्यमन्त्रीसहित माओवादीका ४ जना मन्त्री थिए । भौतिक पूर्वाधारमन्त्री गणेश उप्रेती, स्वास्थ्मन्त्री राजेन्द्र कार्की, पर्यटनमन्त्री नारायण बुर्जा मगर र पर्यटन वन तथा वातावरण राज्यमन्त्री वन्दना झाँगले मुख्यमन्त्री हिक्मतकुमार कार्कीसमक्ष राजीनामा बुझाएका हुन् ।

मन्त्रीहरूले राजीनामा दिए पनि माओवादीले तत्काल कार्की सरकारमाथिको समर्थन फिर्ता नलिने भएको छ । आज बसेको संसदीय दलको बैठकले उक्त निर्णय गरेको दलका नेता इन्द्रबहादुर आङ्वोले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर