विमान दुर्घटनामा मृत्यु भएका ५ जनाको शव परिवारलाई बुझाइयो (भिडिओ) – Nepal Press

विमान दुर्घटनामा मृत्यु भएका ५ जनाको शव परिवारलाई बुझाइयो (भिडिओ)

काठमाडौं । सौर्य एयरलाइन्सको बिमान दुर्घटनामा मृत्यु भएका केहीको शव परिवारजनले बुझेका छन् ।

शुक्रबार शव परीक्षण सकिएकाले पाँच शव परिवारजनलाई बुझाइएको शिक्षण अस्पतालको फोरेन्सीक विभागले जनाएको छ ।

अन्य पहिचान भएका शव शनिबार बुझाउने तयारी छ । त्यस्तै केही मृतकका परिवारले भने आफ्ना माग पुरा नभएसम्म शव नबुझ्ने अडान राखेका छन् ।

बुधबार सौर्य एअरलाइन्सको ९ एन एएमई जहाज दुर्घटना हुँदा विमानमा सवार १८ जनाको मृत्यु भएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *